काठमाडौं । चर्चित गायक मनोराज सिवाकोटीको गीत ‘तिमी आउन सक्छौ..’ सार्वजनिक भएको छ । ‘पानीको फोका’को अत्याधिक सफलतापछि द्रोस्रो ‘तिमी आउन सक्छौं…’ सार्वजनिक भएको हो ।
मनोजराजको एकल स्वर रहेको तिमी आउन सक्छौमा हरि लम्सालले संगीत भरेका छन् । डा. राजुबाबु श्रेष्ठको शब्द र किरण कँडेलको लय रहेको गीत प्रज्ञा साउण्डमा रेकर्ड गरिएको हो ।
टुवेल नोट्स यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई शम्भुकुमार तन्दुकारले रेकर्ड गरेका छन् भने गीतको भीडियो अभिनायकमान शेरचेनले गरेका छन् ।
गीतमा टाढिएकी आफ्नी प्रियसीलाई आफ्नो अभाव महसुस हुँदा आउन सक्छौ भनि सम्झाइएको छ ।