Shares
Shares
कमल सरगम -काठमान्डौ -गायिका प्रिती आले माथी 'भुत्रो'शब्दलाइ लिएर सामाजिक संजालमा प्रसस्तै बिरोध आएको छ।उक्त बिषयलाइ आधार मानेर लोक दोहोरी प्रतिष्ठानलाई समेत प्रहार गर्न थालेपछि आलेले आफ्नो सामाजिक संजालमा स्पष्टीकरण दिएकी छिन।गीतमा प्रयोग भएको शब्द'भुत्रो'यस अगाडी पनि अन्य गीतमा प्रयोग भैसकेको र यो सामान्य रुपमा प्रयोग भैरहेको शब्द भएको उनको जिकिर छ भने यो शब्दले गर्दा दोहोरी प्रतिष्ठानले सजाय दिए भोग्न तयार रहेको उनको भनाइ छ।
उनले फेसबुकमा लेखेकी छिन "यही गीतको कारण म संस्थाभित्र आवद्द रहन अयोग्य हुने अबस्था आउछ भने त्यो म हाँसी हाँसी स्विकार्न तयार छु । संस्थालाई अफ्ट्यारो नपरोस, मेरो गल्ती हो भने म सजायँको भागीदार हुनै पर्छ, मलाई संस्थाको विधानले निर्दिष्ट गरेको हदैसम्मको सजायँ गरियोस म भोग्न तयार छु । मेरो गीतले पारेको अफ्ट्यारो प्रति म संस्थागत अग्रज एवं सम्पुर्ण समकालीन साथीहरु संग अन्तर हृदय देखी नै माफी माग्न चाहन्छु ।'आलेले आफुले लोक गीतमा पीएचडी गरेकाहरु संग सल्लाह लिएर मात्रै उक्त गीत बजारमा ल्याएको बताएकी छिन। उनको फेसबुकमा लेखिएको यो पोष्ट जस्ताको तस्तै :
आदरणीय अग्रज एबं मान्यजन ज्युहरु, समकालीन साथीहरु साथै मेरा प्यारा प्यारा दर्शक एवं शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार ।
भर्खरै प्रकाशित भएको मेरो नयाँ गीत ‘भुत्रो मायाजाल’ का विषयमा सामाजिक सञ्जालमा यथेष्ट वहस भईरहेको छ । गीतका बारेमा सकारात्मक नकारात्मक जे जस्ता वहस हुनुपर्ने थिए ति भईरहेका छन। कुनैपनि नयाँ र बोल्ड निर्णय पछी समाज तरंगीत हुनु नौलो कुरा होईन, मेरो गीतले पनि समाजमा यौटा तरंग ल्याईदिएको छ त्यसमा म खुशी छु ।
दु:ख के कुरामा लाग्यो भने मेरो गीतमा प्रयोग भएको शब्द ‘भुत्रो’ को शाब्दिक अर्थलाई लिएर सामाजीक संजालमा चर्को विरोध गर्ने काम भयो त्यसमाथी म आवद्द सम्मानीत संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाललाई जोडेर निकै धेरै प्रहार भईरहेको देख्दा मलाई अत्यन्तै दु:ख लागेको छ र मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।
म यहाँ के स्पष्ट पार्न चाहन्छु भने मैले त्यो गीत शब्दका ज्ञाताहरु संग छलफल नगरी हचुवाको भरमा प्रयोग गरेको होईन र मैले नै पहिलोपटक गीतमा ‘भुत्रो’ शब्दको प्रयोग गरेको पनि होईन । यो भन्दा अगाडिनै ‘म ट्राफीक प्रहरी’ भन्ने गीतमा यो शब्द प्रयोग भई चल्तीमा रहेको र उक्त गीतमा दर्जनौँ प्रहसन हरु समेत सार्वजानीक भईसकेका छन ।
लोक गीतमा विम्बका प्रयोगहरुका बारेमा यसरी पहिला पनि विवादहरु हुँदै आईरहेका छन । तत्कालीन समयका चर्चित गीतहरुमा पनि विवाद भएकै थियो अहीले तिनै गीतहरु हाम्रा धरोहर भएकाछन । समयको माग हो भोली समयले कुन शब्दलाई स्विकार्छ या नकार्छ आज अनुमान गर्न गाह्रो छ ।
सबै शब्दहरु आफैमा फरक कुराका विम्ब हुन सक्छन । ‘छेड्दिन्छु पानीपेट’ को पनि कुनै अर्थ होला अनी ‘तिम्रो ठेकी मेरो मदानी’ को पनि केही न केही भाव त होला नै त्यस्तै हो ‘भुत्रो’ को पनि स्थान अनुसार फरक फरक अर्थ र बुझाईहरु हुने नै भए ।
त्यो शब्दको प्रयोग पछी यौटा निश्चित समुहबाट हुनसक्ने ब्याक्ति केन्द्रीत प्रहार अपेक्षाकृत नै थियो र त्यो प्रहारलाई मैले ‘मौन प्रतिवाद’ मात्रै गर्ने सोच बनाएकी थिएँ तर अहीले आएर प्रहार संस्था केन्द्रीत हुन थालेपछी संस्थालाई पनि अफ्ट्यारो नपरोस भन्नाको खातिर समेत मैले मेरो स्पष्ट धारणा राख्न वान्छनिय देखेर यो कुरा लेख्दैछु ।
गीत मैले मेरै विवेक प्रयोग गरेर लेखेको मेरो निजी सृजना र नितान्त मेरो सम्पत्ती भएको कारण गीतको सर्वाधिकार म आफुमा निहीत रहेको छ । सामान्य बोलीचालीको भाषा भएको कारण यसले यत्रो तरंग नै ल्याउछ भन्ने मलाई थाह थिएन। सरल तरिकाले नकार्ने मनसाय ब्यक्त गर्दा ‘ईस’ भनिनु, ‘भुत्राले’ भनिनु अती सामान्य तर अलीकती वैंसालु लवज हो भन्ने मात्र मलाई थाह थियो ।
विवाद भईसकेपछी लोकगीतका दिग्गज अग्रजहरु, लोकगीतमै पिएचडी डक्टरेट गर्नुभएका विज्ञहरु संग राय लिने क्रममा यो शब्द प्रति वहाँहरुको कुनै आपत्ती नरहेको कुरासमेत म यहाँहरु समक्ष स्पष्ट पार्न चाहन्छु ।
अब रह्यो संस्थागत आवद्दताको कारण परेको अफ्ट्यारोको कुरा, यही गीतको कारण म संस्थाभित्र आवद्द रहन अयोग्य हुने अबस्था आउछ भने त्यो म हाँसी हाँसी स्विकार्न तयार छु । संस्थालाई अफ्ट्यारो नपरोस, मेरो गल्ती हो भने म सजायँको भागीदार हुनै पर्छ, मलाई संस्थाको विधानले निर्दिष्ट गरेको हदैसम्मको सजायँ गरियोस म भोग्न तयार छु । मेरो गीतले पारेको अफ्ट्यारो प्रति म संस्थागत अग्रज एवं सम्पुर्ण समकालीन साथीहरु संग अन्तर हृदय देखी नै माफी माग्न चाहन्छु ।
अन्तिम कुरा, मेरो यो गीत ‘लोकगीत’ होईन । फरक जेनर र फरक जेनेरेशनको लागि तयार पारेको पपगीत भन्छु यसलाई मैले तसर्थ पनि दोहोरी गीत प्रतिष्ठानलाई जोडेर आलोचना गर्न उपयुक्त होला जस्तो लाग्दैन ।
म बाट राज्यको कुनै कानुन उंलङ्घन भएको छ भने कानुन बमोजीम हुदैजाला, संस्थाको विधान उंलङ्घन भएको छ भने सजायँ भोग्न सहन तयार छु । संस्थाको भावना विपरीत भएकोमा क्षमाप्रार्थी छु । आगामी दिनमा गीत रेकर्ड गर्नु अगाडी संस्थामा संलग्न अग्रजहरुको राय लिएर मात्र प्रकृयामा जानेछु भन्ने प्रतिवद्दता समेत ब्यक्त गर्न चाहन्छु । तसर्थ यस गीतलाई जोडेर संस्थागत आलोचना नगरिदिनुहुन पनि म सम्पुर्ण आलोचक सुभचिन्तक हरुमा हार्दिक अनुरोध गर्दछु ।
प्रिती आले ।
गायिका ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209