Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

आज साउन महिनाको अन्तिम सोमवार, देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

आज साउन महिनाको अन्तिम सोमवार, देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमवार, देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ ।

साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । आज काठमाण्डौको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।

साउन महिनाको हरेक सोमवार व्रत बसेका व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन् ।

साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अहिले काठमाण्डौको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको पनि घुइँचो छ ।