Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महानगरले उपत्यकाको फोहर भोली सम्ममा उठाई सक्ने

महानगरले उपत्यकाको फोहर भोली सम्ममा उठाई सक्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएको फोहर भोली सम्ममा उठाई सक्ने भएको छ।

बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फोहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उनका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सहकार्य गरेको छ ।

सडकका फोहर उठिसके पछि भने कुहिने र नकुहिने फोहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ । अहिले घर घरमा फोहर लिन महानगरपालिकाका गाडी जान थालिसकेका छन् । अहिले दैनिक झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा जाने गरेका छन् ।

गएको शुक्रवारदेखि काठमाण्डौबाट नियमित रुपमा फोहर बोकेका गाडी बञ्चरेडाँडा गइरहेका छन् । दुई महिनादेखि थुप्रिएको फोहरका कारण उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।