काठमाडौँ । बेलायत र नेपाल सरकारबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने सहमति भएको छ ।
बेलायत सरकारले शून्य लागतमा नेपाली स्वास्थ्यकर्मीलाई बेलायत लैजाने गरी सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ। नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापन र सेवा सुविधासम्बन्धी मापदण्ड हाल छलफलका क्रममा रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम हुने मन्त्रालयले जनाएको छ ।
बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ । तर, पहिलो चरणमा परीक्षणका रुपमा केही संख्यामा मात्रै नर्स पठाइने मन्त्रालयले जनाएको छ । क्रम बद्ध रुपमा योग्य नर्सहरू जानको लागी कम्तिमा नर्सिङमा डिप्लोमा र उच्च पाठ्यक्रम सकेर OET – CBT पास गरेकाहरुलाई बेलायत सरकारले लाने छ । नेपाली नर्सहरूले बेलायतमा नर्सको रूपमा जानु अघि NMC मा दर्ता गर्नुपर्छ जसलाई CBT – OSCE भनिन्छ । हालसम्म कति नर्स बेलायत पठाउने भनेर किटानीका साथ सार्वजनिक गरिसकेको छैन।
प्रोसेस अगाडि नै युनाइटेड किंगडममा काम गर्न जाने प्रत्येक नर्सले नर्सिङ र मिडवाइफरी काउन्सिल NMC मा दर्ता हुनुपर्छ । यस अघि विभिन्न पटक बेलायतले दक्षिण एसियाली क्षेत्रबाट एक लाख दक्ष श्रमिक भित्राउने घोषणा गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि सोमबार मन्त्रालयमा सम्झौता भएको जानकारी दिए । गत पुसमा दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वास्थ्य जनशक्ति (नर्स) पठाउने समझदारी भएको थियो। योे रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने छ । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्दैन साथै फ्रि भिसा र फ्रि टिकटको समेत ब्यवस्था हुने भएको छ । पछिल्लो समय सरकार नेपालबाट दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीको लागि नयाँ नयाँ गन्तव्यको खोजीमा जुटेको छ।
बेलायत जान नर्सहरूको OET र काउन्सिल रजिष्ट्रेसन अनिवार्य छ्र । अन्य मुलुक जस्तै; आयरल्याण्ड,न्युजिल्याण्ड,अस्ट्रेलिया,संयुक्त राज्य अमेरिका, क्यानडा,अबु धाबी,दुबई र कतार आदि मुलुकका लागी पनि नर्सहरुले OET र काउन्सिल रजिष्ट्रेसन गर्नु पर्छ । नर्सहरुले जहाँ जान चाहे पनि आफ्नो देशको नर्सिङ इजाजतपत्र लिएको हुन् पर्छ । छनोट भएका नर्सले बेलायत गएपछि त्यहाँको स्वास्थ्य काउन्सिलले लिने परीक्षा OSCE पनि उत्तीर्ण गर्नुपर्नेछ । सेवा सुविधाहरूमा NHS कामगर्दा आवास, थप अध्ययन कुनै शुल्क छैन १ बर्ष पछि जोइन गर्न सकिन्छ चिकित्सा स्वास्थ्य निः शुल्क छ ५ वर्ष पछी PR हुन्छ ।
समझदारीअनुसार नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने सहप्रवक्ता भुसालले जानकारी दिए। विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एन्ड सेफगार्ड लिस्ट दुई हजारमा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने समझदारी बनेको उनले बताए । नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकामा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने संयुक्त वक्तव्यमा जनाइएको छ ।