Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु,१२ जना घाइते

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु,१२ जना घाइते

काठमाडौँ । दाङमा हिजो राति चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते छन् ।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा बेलुकी चट्याङ लागेर दुई जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक राजनकुमार गौतमले घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेको हुँदा विस्तृत विवरण आउन नसकेको बताए ।