Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनसरीमा दुई पक्षबीचको झडपपछि कर्फ्यु आदेश जारी

सुनसरीमा दुई पक्षबीचको झडपपछि कर्फ्यु आदेश जारी

काठमाडौँ । सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा चार किल्ला तोकेर अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । 

प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिइएको छ। दुई समुह बिचको झडप पछि एकजनाको गोली लागेर मृत्यु भएको छ भनेँ अन्य ८ जना स्थानीय, ८ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी घाईते भएका छन् । घाईते स्थानीयहरुलाई पनि गोली लागेको जनाईएको छ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति बिहान७ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरिएको हो। गएराती दुई समुह बिच सुनसरीको देवानगन्ज क्षेत्रमा  झडप पछि चलेको गोली लागेर एक जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।