Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यरातमा सुनसरीमा चल्यो गोली,बोलबम यात्रामा २ समूहबिच झडप

मध्यरातमा सुनसरीमा चल्यो गोली,बोलबम यात्रामा २ समूहबिच झडप

काठमाडौँ । दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद बढेको थियो । मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ।घटनामा अन्य १६ जना घाइते भएको खुल्न आएको छ ।  

सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको थियो।  सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच भनाभन भएको थियो।

आइतबार राति करिब ९ बजेतिर सुरु भएको सामान्य भनाभनपछि स्थिति नियन्त्रणबाहिर गएको स्थानीयले बताएका छन्। स्थिति बिग्रँदै गएपछि दुवै पक्षबीच आक्रमण, आगजनी र तोडफोड सुरु भएको स्थानीयको भनाइ छ।