Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

पल शाहको मुद्दामाथिको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन नसकेको हो । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।