Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बारामा प्रहरी र डाँकाबीच दोहोर भिडन्त

बारामा प्रहरी र डाँकाबीच दोहोर भिडन्त

काठमाडौँ । बारामा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको छ।

बाराको भलुही स्थित एरोटेक प्रा।ली।मा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको हो। शनिबार राती भिडन्त हुँदा वरिष्ठ प्रहरी नायब निरिक्षक कलाम शाही घाइते भएका छन् । बाराको भलुही स्थित एरोटेक प्रा.ली.मा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको हो।

मध्यराती १२ः५ बजे ग्यास सिलिन्डर कम्पनीमा डाँकाहरू पसेको खबर पाएर गएको प्रहरी टोली माथि डाँकाहरूको समुहले आक्रमण गरेका थिए। डाँका पक्रने क्रममा डाँकाले प्रहार गरेको रड टाउकोमा लागेर शाही घाइते भएका हुन्। उनको टाउको चोट लागेको छ।

घाइते शाहीको विरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको र अवस्था खतरा मुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यता दोहरो भिडन्तमा डाँका समुहका एक जना घाइते भएका छन्। उनको अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको छ।