Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पदको लोभमा विचार नमिल्ने संग साँठगाँठ, टिकटको लागि शक्ति केन्द्र छन् धाउँदै नेताहरु : भक्त बहादुर के.सी

पदको लोभमा विचार नमिल्ने संग साँठगाँठ, टिकटको लागि शक्ति केन्द्र छन् धाउँदै नेताहरु : भक्त बहादुर के.सी

काठमाडौँ । यतिबेला देश चुनाबमय भइरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि राजनितिक दलहरु उमेरदवार छान्दै, भागभण्डा मिलाउदै छन् । चुनावी माहोलको सरगर्मी बढ्दै गएको छ । हरेक ठाउँमा चुनावी गतिविधिका कार्यक्रम सुरु भइसकेका छन् ।

पदका लागी देशका राजनितिक दलहरु मिले सम्म गठबन्धन गर्न जुटेका छन् । सत्तारुढ दलको कुरा होस् वा प्रमुख प्रतिपक्षी दलको सबैलाई कसरी निर्वाचनमा सफलता हात पारौँ भन्ने ध्यय छ । गबन्धन गरेर होस या एक्लै मैदानमा लडेर होस एउटै मात्रै उद्देश्य छ, निर्वाचन जित्ने । अहिले पनि दलहरुमा वैमनस्यता र टकरावको स्थिति विद्यमान छ, जसले राजनीतिक अस्थिरता र खतराको स्थिति देखाइरहेको छ । कसरी आफु सत्ता पुग्ने भन्ने होडबाजी छ । शक्ति प्राप्त गर्नको लागि राजनीतिमा अनेकौं प्रकारका द्वन्द्व भइरहेका छन् ।

पछिल्लो समय राजनितिक दलहरु एउटा स्वार्थको आडमा हिडिरहेका छन् । यस्तो प्रकारको राजनीतिक क्रियाकलापले समृद्ध नेपालको अवधारण कसरी सफल हुन्छ भन्ने जनअपेक्षा छ । देशको अस्तब्यस्त राजनितीले देशको प्रहरी सेवालाई पनि गाँजेको छ । प्रहरी जस्तो संवेदनशील सुरक्षा अंग विवादित हुदै गएको छ । राजनीतिक दलका नेताले आफ्नो इच्छा अनुसार काम गरिरहनका लागि प्रहरी स्थानान्तरण गर्ने गराउने नियतिमा नै प्रश्न खड्किएको छ ।

लामो इतिहास बोकेको प्रहरी संगठनमाम पनि राजनिती घुसेपछि संगठनको मनोबल घटेको देखिन्छ । निजामती देखि प्राहरी सम्म मौलाएको बेथिति कुशासन राजनीति हाबीले गर्दा अस्तव्यस्तता,असुरक्षा,अशान्ति बढेको छ ।। अहिले पनि आईजीपीका दाबेदारहरु सचिवका दाबेदार शक्ति केन्द्र धाउने गर्छन । देशमा विकाश भन्दा काण्ड बढी छन् । आफनै पार्टी भित्र गुट बन्दि छ । विचार न मिल्न्ने संग स्वार्थको लागि भएपनि मेलमिलाप गर्ने परिपाटी बसेको छ । सडक देखि संसद सम्म, निजामती देखि अदाल सम्म, देश देखि विदेश सम्म लुटकै लागी राजनीति गरेको देखिन्छ ।

पार्टीहरु विधान र घोसणा पत्र भन्दा गुटबन्दीमा विश्वास गर्ने गर्दछन । अब त पार्टीका ब्रान्ड’ नै बदनाम भै सकेका छन । टिकटको लागि शक्तिशाली नेता शक्ति केन्द्र धाउदै छन् । बैकल्पिक शक्तिहरु एक नभएसम्म देशमा विकल्प आउन असम्भब छ । जय सुशासन