काठमाडौँ । अविरल वर्षाका कारण आइतवार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको ज्यान जानुका साथै आठ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको ज्यान गएको हो भने आठ जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यस्तै वडा नं ८ मा १० वटा घर पहिरोका कारण भत्किएका छन् । यहाँको पूरै गाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।