Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दीप लामिछानेविरुद्ध भोली मुद्दा दर्ता हुँदै

सन्दीप लामिछानेविरुद्ध भोली मुद्दा दर्ता हुँदै

काठमाडौँ । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध भोली जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो ।

२० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ ।

प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । भोली मुद्दा दर्ता गरेपछि पर्सी देखि थुनछेक बहस हुने भएको छ ।