Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन सरकारले दियो विदेशमा बस्ने नेपालीको लागि खुसीको खबर, अब विदेशमा बाटै मतदानको व्यवस्था गर्दै

बालेन सरकारले दियो विदेशमा बस्ने नेपालीको लागि खुसीको खबर, अब विदेशमा बाटै मतदानको व्यवस्था गर्दै

काठमाडौँ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले पाँच सम्भावित मतदान प्रणाली अघि सारेका छन्। मंगलबार संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै उहाँले ‘आउट अफ कन्ट्री ओभरसिज भोटिङ’ कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार गर्नुपर्नेमा जोड दिए।

वाग्लेले पहिलो विकल्पका रूपमा विदेशस्थित नेपाली दूतावास वा तोकिएका मतदान केन्द्रमा उपस्थित भएर मत हाल्ने मतपेटिकामा आधारित प्रणाली प्रस्ताव गरेका हुन्। दोस्रो विकल्प हुलाकमार्फत मतदान हो, जसमा मतपत्र पठाएर पुनः हुलाकबाट फिर्ता गरिन्छ। कम लागत भए पनि हुलाक सेवाको विश्वसनीयता यसको मुख्य चुनौती हुने उहाँको भनाइ छ।

तेस्रो विकल्प प्रतिनिधिमूलक मतदान हो, जसमा मतदाताले आफ्नो तर्फबाट मतदान गर्न प्रतिनिधि तोक्न सक्ने व्यवस्था हुनेछ। चौथो विकल्प इन्टरनेटमार्फत मतदान हो, जसलाई आधुनिक र प्रविधिमैत्री मानिए पनि साइबर सुरक्षा, गोपनीयता र प्रणालीको विश्वसनीयता चुनौतीका रूपमा रहने वाग्लेले उल्लेख गरे।

पाँचौं विकल्प मिश्रित (हाइब्रिड) मतदान प्रणाली हो, जसमा दुई वा दुईभन्दा बढी मतदान विधि एकसाथ प्रयोग गरिन्छ। मतदाताले आफ्नो सुविधाअनुसार माध्यम छनोट गर्न सक्ने भएकाले प्रारम्भिक चरणमा यही प्रणाली सबैभन्दा उपयुक्त हुने वाग्लेको धारणा छ।

उहाँले विदेशमा रहेका नेपालीको मतदान अधिकार व्यवहारमा लागू गर्न आवश्यक कानुनी व्यवस्था छिट्टै निर्माण गर्नुपर्नेमा जोड दिँदै क्रमशः अन्य मतदान प्रणाली पनि विस्तार गर्न सकिने सुझाव दिनुभयो।