Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल सरकार र डा.गोविन्द केसीबीच ७ बुँदे सहमति,विगतका सहमति कार्यान्वयन हुने

नेपाल सरकार र डा.गोविन्द केसीबीच ७ बुँदे सहमति,विगतका सहमति कार्यान्वयन हुने

काठमाडौँ ।डा.गोविन्द केसी र नेपाल सरकारबीच सोमबार ७ बुँदे सहमति भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा गठित सरकारी वार्ता टोली र डा.केसीबीच भएको वार्तापछि सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले पनि हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीले सहमति सँगै धनगढीमा जारी आफ्नो २४औँ अनशन अन्त्य गरेका हुन् । 

सहमतिअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गरी एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम तत्काल अघि बढाइने भएको छ । यस्तै, विगतमा सरकार र डा.केसीबीच भएका सहमतिहरूको कार्यान्वयन अवस्थाबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधि रहने कार्यदल गठन गरिनेछ।

उक्त कार्यदलले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरी कार्यान्वयनको निगरानी गरिने सहमति भएको छ। यसै सहमतिसँगै प्रा। डा। केसीले साउन ११ गतेदेखि आफ्नो २४औँ सत्याग्रह औपचारिक रूपमा अन्त्य गरेका छन्।