काठमाडौँ । माधवकुमार नेपालले आफूलाई सरकारले सुरक्षा नदिएको भन्दै आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक समेत रहेका नेपालले यदि देशभित्र सुरक्षा पाउने अवस्था नपाएमा आफू बिदेसिने भन्दै बोलेको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एक अन्तरवार्तामा बोल्दै नेपालले आफूलाई विभेद गरिएको गुनासो पोखेका हुन् । अन्य पूर्वप्रधानमन्त्रीले सरकारबाट गाडी लिएको तर आफूले नपाएको उनको भनाइ छ । सुरक्षाको सवालमा उनले ‘यदि सरकारले दिए लिने, तर माग्न नजाने’ स्पष्ट पारे । नेपालले भनेका छन्, ‘कानुनले दिनु भन्छ भने दिने काम तपाईँको ९सरकारको० हो । म हजुर‘ मलाई सुरक्षा चाहियो भन्न जान्छु रु देशभित्र सुरक्षा नपाए बिदेसिन्छु ।’