काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिबेशन पछिको पहिलो बैठक बुधबार बस्ने भएसंगै पदाधिकारीको बिषयमा चर्चा चुलिएको छ।पार्टीभित्र नयाँ अनुहारलाई पनि भित्र्याउदै गर्दा हालका गृहमन्त्री सुधन गुरुङको समेत नाम अगाडी देखिएको छ।पार्टीमा महामन्त्री र उपसभापतिमा एक पदमा गुरुङले आफुलाई दाबि गरिरहेको बुझ्न आएको छ।उता रवि लामिछानेको हातमा पनि गुरुङको नाम पुगेको छ।
पार्टीको जिम्मा पाएका लामिछानेले पार्टीलाई बलियो बनाउन टिम पनि शक्तिशालीनै खोजिरहेको र सुधनलाई समेत कुनै ठाउँमा राख्ने योजना बनिरहेको एक नेताले बताएका छन।रास्वपाका केन्द्रीय सदस्य समेत बन्नु भएका एक नेताका अनुसार महामन्त्रीमा भुपदेब शाहलाईनै अगाडी बढाउने निश्चित भएपछि उपसभापतिमा सुनिल लम्साललाई फकाएर सुधन गुरुङलाइ अगाडी सार्न लागिएको खुल्न आएको छ।
स्वर्णिम वाग्ले र सोबिता गौतम उपसभापतिमा आइसक्नु भएको छ भने अब थप एक पद मात्रै खालि रहेको र सो ठाउँमा अहिले सुधन गुरुङको चर्चा चलिरहेको खुल्न आएको हो।गुरुङले भने यस बिषयमा कुनै लविङ्ग नगरेको खुल्न आएको छ।पार्टीको निर्णयलाई स्वीकार गर्ने र अहिले आफु सरकारमा रहेको हुँदा यहि पद चाहिन्छ भन्ने जबर्जस्त माग नरहेको उहाको भनाई छ।गुरुङलाई सुरुवातमा केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी भने गरिएको छ।
बुधाबर हुने बैठकमै गुरुङ सहितका केहि नेताहरुको नाम केन्द्रीय सदस्यमा रहेको खुलेको छ।पार्टीले यस पटक भने केन्द्रीय सदस्यको मनोनित मा आउनेहरु फरक र योग्यलाइ रोज्ने तयारी गरिरहेको खुलेको छ।सोहि कारण पनि अहिले सम्म केन्द्रीय सदस्यहरुको टुंगो नलागेको खुल्न आएको छ। पार्टीका सभापति रवि लामिछाने आफै अहिले योग्य अनुहारको खोजि गरिरहनु भएको पाइएको छ।
चुनावी परिणामले नयाँ अनुहारलाई बिशेष स्थान दिएको र अधिकांश सिकारु हुँदै गर्दा पार्टी र देश बुझेका योग्य व्यक्तिहरुको थप खोजि रवि लामिछानेले गरिरहेको बुझ्न आएको छ।त्यसो त् लामिछानेले केन्द्रीय सदस्यमा मधेशलाई बढी फोकस गर्न लागिएको पनि बुझिएको छ।मधेशका अधिकांशले केन्द्रीय सदस्यमा जित्न नसकेपछि अहिले सहजताको लागि पनि केन्द्रीय सदस्यमा धेरै योग्य व्यक्तिहरुलाई भित्राउन खोजीएको पाइएको छ।
पछिल्लो केहि समय यता पार्टीको महाधिबेशन सकिएपछि पनि केन्द्रीय कमिटिको बैठक नबोलाइएको बिषयमा आक्रोश व्यक्त भईरहेको थियो।अकस्मात महामन्त्री बिपिन आचार्यले बुधबार पार्टीको पहिलो बैठक हुने बताउनु भएको हो।पार्टीलाई बलियो बनाउन लामिछाने निरन्तर केन्द्रीय कमिटीकै कसरतमा खटिनु भएको समेत उहाले खुलाउनु भएको छ।