Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पनि नेपाल वायुसेवा निगमको दिल्ली उडान रोकियो

आज पनि नेपाल वायुसेवा निगमको दिल्ली उडान रोकियो

काठमाडौँ । नेपाल वायुसेवा निगमको बिहानको दिल्ली उडान आज पनि रोकिएको छ ।

बिहान ८ बजे नै उडान भर्ने भनिए पनि रोकिँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् ।

रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ।

नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार निगमले काठमाण्डौबाट अब हप्तामा १० वटा उडान मात्र दिल्ली भर्न पाउँछ । चार वटा उडान भैरहवाबाट गर्नुपर्छ ।