Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादीकाे घाेषणापत्र सार्वजनिक: २०४७ पछि सार्वजनिक पदमा रहेका व्यक्तिकाे सम्पत्ति छानबिन गर्ने

माओवादीकाे घाेषणापत्र सार्वजनिक: २०४७ पछि सार्वजनिक पदमा रहेका व्यक्तिकाे सम्पत्ति छानबिन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । अध्यक्ष दाहालले केही नीतिगत र कार्यक्रमगतरूपमा प्रतिबद्धतापत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरूप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताएका छन् ।

माओवादीले विसं २०४७ पछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयलाई पनि प्रतिबद्धतापत्रमा समावेश गरेको छ ।