काठमाडौं । पोखरा महानगरपालिका–३० शिसुवामा कौडा खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् ।
स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेका उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय शिसुवाले पक्राउ गरेको हो ।
उनीहरुबाट एक सेट कौडा पनि बरामद गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।