Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चुनावका लागि भारतद्वारा नेपाललाई २ सय वटा गाडी उपहार

चुनावका लागि भारतद्वारा नेपाललाई २ सय वटा गाडी उपहार

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई दुई सय वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।

आज अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो ।

अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर । गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप दुई सय वटा गाडी दिएको बताएका छन् ।

उपहार दिएका गाडीमध्ये एक सयय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको उनको भनाई छ । कार्यक्रममा अर्थ मन्त्री शर्माले चुनावका लागि गाडी सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।