Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री देउवा आज धनगढी जाने

प्रधानमन्त्री देउवा आज धनगढी जाने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी जाने भएका छन्।

गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी धनगढी जान लागेका हुन्। देउवा आज धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने आठ सभामा सम्बोधन गर्नेछन्। उनले बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम दिउँसो साढे १२ बजे राखिएको छ।