Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचनमा भाग नलिए पनि बिथोल्ने अधिकार कसैलाई नभएाको गृहमन्त्री खाँणको भनाइ

निर्वाचनमा भाग नलिए पनि बिथोल्ने अधिकार कसैलाई नभएाको गृहमन्त्री खाँणको भनाइ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कुनै समूहलाई निर्वाचनमा भाग नलिने अधिकार भए पनि निर्वाचन बिथोल्ने अधिकार नरहेको बताएका छन् ।

बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिन नपाइने बताएका छन् ।

गृहमन्त्रीले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको उल्लेख गरेका छन् ।

गृहमन्त्री खाँणले निर्वाचन विरोधी समूहलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल थालिरहेको बताए । गृहमन्त्री खाँणले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिबद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह गरे ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने बताएको छ ।