Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने

नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने

काठमाडौं । नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । ओली नेतृत्वको सरकारले अढाई वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दै छ ।

ओली आजै दिउँसो २ बजे बैतडी र अपराह्न ४ बजे कञ्चनपुरमा पार्टीको चुनावी अभियानमा सहभागी हुने बताइएको छ । एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।

हिजोदेखि चुनावी प्रचारप्रसार गर्न खुला गरिएको छ । त्यससँगै दल र नेताहरू चुनावी सभामा केन्द्रित हुन थालेका छन् ।