Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने

राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्यान्डको औपचारिक भ्रमण गर्ने भएकी छन् ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ुवुमन पोलिटिकल लिडर्स (डब्लूपीएल) कार्यक्रममा सहभागी हुन उनी यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्यान्डको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको तयारीबारे आज परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जाने छिन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले वुमन पोलिटिकल ट्रेल ब्लेजर अवार्डु समेत ग्रहण गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी कात्तिक २१ गते बेलुकी ६ बजे कतार एअरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी त्यही एअरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ बजेर ३० मिनेटमा स्वदेश फर्कने कार्यतालिका छ ।