काठमाडौं ।कुमारी आमाका रुपमा परिचित निहारिका राजपुतको छोराको डीएनए उनले आरोप लगाउँदै आएको शिवराज श्रेष्ठसँग मिलेको छ ।
आज रिपोर्ट आएको र त्यसमा श्रेष्ठ र राजपुतका छोराको डीएनए मिलेको उच्च अदालत जनकपुरकी प्रवक्ता नूतन झाले जानकारी दिइन्।
उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न भदौ ८ मा आदेश दिएको थियो । त्यसपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परीक्षणको रिपोर्ट आज आएको हो।
‘राजपुतले आफ्नो बच्चाको बाबु श्रेष्ठ भएको तर उनले स्वीकार नगरेको भन्दै एक्लै संघर्षमा उत्रिएकी थिइन्। उनले न्याय नपाएको भन्दै राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।