Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने

देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । आसन्न निर्वाचनको प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहनु भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ ।

उनले आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् ।

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन् ।

उनले बिहीबार अमरगढी, शुक्रबार नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका–२ बडाल तथा शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वार गाउँपालिका रुपालको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।

देउवा मंसिर ४ गते हुने चुनावमा सत्ता गठबन्धनका तर्फबाट डडेलधुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।