काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् ।
प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ ।
आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड प्रस्थान गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले उल्लेख गरेको छ ।