Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि तीन दिन यात्रुको सुविधाअनुसार रेल चल्ने

जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि तीन दिन यात्रुको सुविधाअनुसार रेल चल्ने

काठमाडौँ । जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि तीन दिन यात्रुको सुविधाअनुसार रेल सेवा सञ्चालन हुने भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन पुग्ने तीर्थालुको सुविधालाई ध्यान दिँदै नेपाल रेल्वे कम्पनीले भोलि, पर्सि र बुधवार यात्रुको सुविधाअनुसार निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्ने जनाएको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना निकालेर कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुको सुविधालाई ध्यानमा राखेर भोलिदेखि बुधवारसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिए ।

कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न ठाउँबाट तीर्थालु पुग्छन् । यस्तै, भारतबाट समेत तीर्थयात्री आउने गरेका छन् । तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्न लागिएको झाले बताए ।