Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली

देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौँ । देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद्को भनाई छ । मौसमविद्का अनुसार आज हिजोअस्तिको जस्तो घाम लाग्ने सम्भावना छैन ।

घाम लाग्ने र फेरि बदली हुने क्रम आज दिनभरि चल्ने छ। भोलिको मौसम भने आजको भन्दा सफा हुनेछ । तर, पर्सि फेरि बदली हुने सम्भावना रहेको छ । पर्सि पश्चिमी क्षेत्रका केही पहाडी क्षेत्रमा पानी पर्ने अनुमान समेत गरिएको छ ।

पर्सि काठमाण्डौमा पनि हल्का पानी पर्ने अनुमान छ । आज पनि पहाडी जिल्लाका एकरदुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ ।