Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रपति भण्डारी आज जनगणतन्त्र आइसल्याण्ड भ्रमणमा जाँदै

राष्ट्रपति भण्डारी आज जनगणतन्त्र आइसल्याण्ड भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज जनगणतन्त्र आइसल्याण्ड भ्रमणमा जाँदैछिन्।

१७ जना प्रतिनिधिमण्डलको टोलीसहित उनी आज साँझ ६ बजे आइसल्याण्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्। त्यहाँ राष्ट्रपतिले कार्तिक २३ गते डब्लुपीएल कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्ने कार्यसूची रहेको ढकालले बताए।

सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ। सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो। उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ।