Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशलाई अस्थीरतातिर धकेल्न खोजिएको छ : प्रकाशमान सिंह

देशलाई अस्थीरतातिर धकेल्न खोजिएको छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केही तत्वले देशलाई पुनः अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरेका छन् ।

संविधान राम्रोसँग कार्यान्वयनमा नआउँदै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरू ठिक छैन भनेर नेपाललाई अस्थीरतातिर धकेल्न खोजिएको उनको भनाइ छ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका सिंहले देशलाई अस्थीरतामा लैजान खोज्नेहरुप्रति सचेत रहन आह्वान गरे । देशलाई राजनीतिक स्थीरतामा लैजानकै लागि वाम–लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएको उनको भनाई छ ।

राजनीति स्थिरता कायम गर्दै जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनले बताए । संविधानको पूर्ण कार्यान्वयन गर्दै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यवहारमै कार्यान्वयनमा ल्याउने उनले बताए ।