Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गठबन्धनको कुनै गन्तव्य छैन : ओली

गठबन्धनको कुनै गन्तव्य छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन् ।

एमाले कास्की जिल्ला कमिटीले पोखरामा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन जनताको चाहना विपरीत कुदेकोले गन्तव्यहिन बनेको बताएका छन् ।

फरक प्रसङ्गमा उनले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताए ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा गरेको भाषणको टिप्पणी गर्दै उनले लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काएका हुन् ।