काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विभिन्न ठाउँमा प्रहरी, प्रशासनले आफूलाई रोक्ने गरेको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भने चुनावी प्रचार गर्न कसैलाई नरोकिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत हेमप्रसाद ढकालले हिजो बेलुका विज्ञप्ति निकालेर आचारसंहिता पालना गरेर गरिने प्रचार कार्यमा अवरोध नहुने बताउनु भएको छ ।