Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

पहिलोपटक दोहोरी गीत मुस्ताङमा सुटिङ्ग,रामजी खाँण र संगीता थापा मगर हिउँमा रमाए

पहिलोपटक दोहोरी गीत मुस्ताङमा सुटिङ्ग,रामजी खाँण र संगीता थापा मगर हिउँमा रमाए

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले तयार पारिएको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

गीतको म्युजिक भिडियोलाई नयाँ वर्ष २०२० जनवरी १ तारिकका दिन एक विशेष समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङद्वारा सार्वजनिक गरिएको थियो।

प्राकृतिक हिसावले धनी लोमन्थाङ आसपासको भेगलाई समावेश गरी निर्माण गरिएको ‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ गीतको म्युजिक भिडियोमा उपल्लो मुस्ताङको सांस्कृतिक महत्व बोकेको लोमन्थाङ दरवार परिसर र बजार, ढाक्मार, घ्याकर चैले, चराङ, मराङ र तल्लो मुस्ताङको छुसाङ, मुक्तिनाथ, कागबेनी, धौलागिरि र निलगिरि बेसक्यापमा छायांकन गरिएको हो । साथै मुस्ताङको सांस्कृतिक महत्व बोकेका धरोहरसँगै अनौठा भूगोल, उक्त क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु, मौलिक तथा पौराणिक कलासंस्कृति, स्थानीय रहनसहन, भेषभूषा र धार्मिक स्थलहरु गीतको म्युजिक भिडियोमा समावेश गरिएको पाइन्छ।

लोक गीतमा चर्चित लोक गायक रामजी खांड र गायिका संगीता थापा मगरको स्वर रहेको छ । गीतमा रमेश बिजीको शब्द रचना, बीबी अनुरागीको संगीत, राजेश घिमिरे छायांकन र नेपालको चर्चित निर्देशक तथा कोरियोग्राफी प्रकाश भट्टले गीतको निर्देशन गरेका हुन्। प्रिजिमा रेकर्डिङ स्टुडियोमा गीतको रेकर्ड गरिएको हो । भने भिडियो गीतमा गायक गायिका स्वयं रामजी खांड र संगीता थापा मगर को अभिनय रहेको छ ।