काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो ।
समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्कीदिनुले उपत्यकामा त्रास फैलिएको समेत बताएको छ ।