काठमाडौं । अमेरिका र इरानबीच निकै सौहार्द रुपमा कुराकानी भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत पनि दिएका हुन् । इरानले हाल नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दाबी छ ।
इरानलाई पैसा दिएर फकाउन नसकिने नीहरूलाई हराउनुपर्ने ट्रम्पको भनाइ छ । अमेरिकाले इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको दाबी गरेका छन् ।उनले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताए ।