Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

भ्यालेनटाईनमा लोक दोहोरी गायक कुशल बेल्बासे कतार आउँदै

भ्यालेनटाईनमा लोक दोहोरी गायक कुशल बेल्बासे कतार आउँदै

तिलु शर्मा पौडेल

दोहा कतार

अर्घाखाँची सेवा समाज कतारको आयोजनमा हुन लागेको समाजको तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित लोकदोहोरी गायक कुशल बेल्बासे कतार आउने भएका छन ।

समाजले आगामी १४ फेब्रुअरी २०२० का दिन अल सहानिया अल दोसारी जु मा तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । रातोघलेकीमा गितको वोलबाट चर्चा कमाएका बेल्बासेले प्रदेशीयका प्रदेशीहरुको कथा र व्यथामा आधारित परदेशी, रिडी दोभान, माली गाईले बाछी चाटेको, बाँचे घर आम्ला, झुमे रुमाल , रानिफुल लगाएत करिब एक दर्जनौ भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन । कुशल बेल्वासेको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष टेक राज थापाले जानकारी गराएका छन ।

भ्यालेनटाईन डे कै दिनमा हुने उक्त कार्यक्रममा माया पिरतीका कोसेलीले कतारका नेपालीलाई काउकुती लगाउन आफु उत्साहित रहेको गायक बेल्वासेले बताए l समाजले कतारमा रहनुहुने सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, समाजसेबी, पत्रकार तथा सर्वसाधारणलाइ कार्यक्रममा सफल पार्न सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ ।