गीत संगीत मा नयापन , चादनी रोधी नाचघर को आगमन भन्ने मुल नारा को साथ मित्रनगर काठमाडौ मा स्थापित चादनी रोधी नाचघर ले दोश्रो बार्षिकोत्सव तथा चादनी श्रष्टा सम्मान कार्यक्रम मनाइरहेको छ । दोहोरी साझहरुको भिडमा पृथक शैलीमा संचालित यस रोधी घरको दोश्रो बार्षिक उत्सव सुमधुर स्वरकी धनी वरिष्ठ गायिका बिमाकुमारी दुराको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । यहि पौष २२ देखि २४ सम्म चल्ने बार्षिक उत्सब मा नव प्रतिवाबान कलाकार देखि बहुचर्चित कलाकार हरुलाई सम्मान गरेको संचालक समिती का अध्यक्ष भिम श्रेष्ठले बताउनु भयो । बिगत ३ बर्ष देखि ३५० भन्दा कलाकार लाई सम्मान गरिएको श्रेष्ठले बताउनु भयो । सदाको बर्ष झै यो बर्ष वरिष्ठ गायिका माया गुरुङ र वरिष्ठ बाद्यबादक खर्क बुढा मगरलाई चादनी श्रष्टा सम्मान बाट सम्मान गरिएको छ । दोहोरी साझ हरुले बाद्यबादकहरुलाई सम्मान गरेको यो पहिलो पटक हो ।

कार्यक्रम मा बोल्दै नया बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक सन्तोष कुमार दहालले बसपार्क मा चादनी रोधी जस्तो ब्यबस्थित दोहोरी अरु नभएको र अहिले सम्म झै झगडा नहुने दोहोरी रहेको र प्रशाशनिक सहयोग सदैब सहयोग रहने बताउने भयो । सम्मानित कलाकार माया गुरुङ ले आफुले अपेक्षा गरेको भन्दा बढी माया र सम्मान पाएको बताउनु भयो । आफू दोहिरी क्षेत्रबाट आएको कलाकार त्यही माथी दोहोरी साझ ले यस्तो सम्मान गर्दा आफू गौरवान्वित भएको को बताईन । गाउँ सहर मा लमजुङ दरबार लगायत १५० भन्दा धेरै एल्बम निकालिसकेकी गुरुङ अब एकल साझ गर्ने ठूलो इच्छा रहेको बताइन ।
अर्का सम्मानित कलाकार खर्क बुढा मगर ले दोहोरी ले सम्मान गरेको यो पहिलो पटक भएकोले चादनीलाई धन्यवाद दिनुभयो । अहिले जतीपनी गीत छ्न त्यस मध्ये ९०% मादल खर्क बुढामगर ले मादलमा ताल भएको हुन्छ । कार्यक्रम का प्रमुख अतिथि वरिष्ठ गायिका बिमा कुमारी दुरा ले यस्तो कार्यक्रम पहिलो नभएपनी अन्य कार्यक्रम भन्दा ब्यबस्थित भएको बताइन ।
चादनी रोधी नाचघरमा भिम श्रेष्ठ , धन गुरुङ प्रकाश गुरुङ सन्जय गुरुङ अर्जुन सुनाम मेक थापा र चिजा तामाङ ले सामुहिक रुपमा संचालन मा ल्याएका हुन। कुलेन्द्र बिश्वकर्मा संगीता थापामगर, पुनम गुरुङ शिला गुरुङ सुमित्रा लामा चन्द्र परियार अमृत सापकोटा अतिथि कलाकार र अन्य नियमित कलाकारको बिजोड प्रस्तुती रहेको थियो । २३ गते राजु परियार नवराज घोरासैनी दिपासा बिसि निरु श्रीस इन्दिरा गोले लगायतको प्रस्तुती रहेने सन्चालक चिजा तामाङले बताइन ।