Shares
Shares
कमल सरगम-काठमाण्डु:लोकप्रिय गायिका तथा मोडल प्रिती आलेले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट राजिनामा दिएकी छिन।लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितीको सदस्य एवं महिला संयोजक समेत रहेकी आलेले केहि दिन अगाडी भुत्रो शब्द रहेको गीत आएको र उक्त गीतले सस्थागत मुद्धा बनाएर आफुलाई प्रहार गरेको भन्दै उनले राजिनामा दिएकी हुन्।
उनको राजिनामा भने लोकदोहोरी गीत प्रतिष्ठान नेपालका मनोनित केन्द्रीय सदस्य सुबास रेग्मीको फेसबुक वलमा भेटिएको छ। सुबास रेग्मीले उक्त राजिनामा पत्र आफ्नो वालमा राखेका छन।सस्थाले भने राजिनामालाइ सुइकृत गरेको छैन।सस्थाले भोलि १२ बजे आकस्मिक बैठक राखेको समन्वय समितीको अध्यक्ष सुजन लम्सालले लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।प्रिती आलेको बिज्ञप्ति जस्ताको तस्तै सुबास रेग्मीको वालबाट:
भुत्रो शब्द प्रयोग गरेर गीत बनेपछी त्यस शब्दको अर्थका कारण सम्बन्धित श्रस्टामाथि आलोचना भयो ! सामाजिक सन्जालहरूमा भयको बिरोध र आलोचनालाई मध्यनजर गर्दै श्रस्टा एवं गायिका प्रिति आलेज्यूले संस्थागत मर्यादालाई ख्याल राख्दै आफ्नो पदबाट राजिनामा दिनुभयको छ ! अब यो बिषयलाई लिएर उहाँ माथि प्रहार नगर्नुहुन समेत अनुरोध गर्दछु !!
उहाँको राजिनामाको ब्यहोरा यसप्रकार छ :-
श्रिमान अध्यक्ष महोदय
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,
उपत्यका समन्वय समिती ।
हाम्रो संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चौतर्फी प्रहारको चपेटामा परेको छ । प्रतिष्ठान भित्र लगभग पचासौँ हजार कलाकार आवद्द हुनुहुन्छ र हरेक कलाकारको आफ्नै आफ्नै सोच,आफ्नै आफ्नै सृजनसिलता र आफ्नै आफ्नै तौर तरिकाहरु रहेका हुन्छन । त्यसमाथी हाम्रो भौगोलीक विविधता यती ब्यापक र फराकीलो छ की हरेक दश बिस किलोमिटर कटेपछी प्रयोग गरिने शब्दको फरक अर्थ लाग्न सक्छ ।
ब्यक्ती पिच्छे फरक दृष्टिकोण भएको समाजमा ‘भुत्रो’ शब्द को अर्थ अर्थ्याउने कसले ? यो गम्भिर प्रश्न हुन सक्छ । हामी संग श्लिल-अस्लिल छुट्याउने कुनै मेकानिजम छ र त्यो कसीमा जाँच्दा गीत अश्लिल ठहरीएमा कलाकारले गल्तीबोध गर्नु कुनै ठुलो कुरा होईन । तर संस्था या सरकारमा समेत त्यो मेकानिजम छैन भने सृजनाको या साहित्यको विश्लेषण गरेर त्यसलाई अश्लिल ठहर गर्ने निकाय खोई कुन छ ? केवल कलाकारको विवेक या श्रोताको हृदय वाहेक कुनै उपायले कुनै सृजनाको मुल्यांकन गर्न सकिंदैन ।
सामाजिक सन्जालमा कसैले भुत्रोको अर्थ ‘गुप्ताङ्गका रौ’ लेख्दियो । त्यो शब्दको अर्थ त्यो लेख्ने मान्छेले जती बुझ्यो त्यत्ती मात्रै हो त ? या फरक अर्थ पनि राख्छ त्यो शब्दले ? मान्छेहरु फरक अर्थ खोज्न तर्फ लागेनन-बस सामाजिक सञ्जालमा राम्रो परिचय बनाईसक्नुभएका विद्वान आलोचक ज्यु हरु समेत उक्त शब्दको सबैभन्दा पछाडीको र विवादित हुनसक्ने अर्थ जुन थियो उसैको पछी लागेर कुदिरहनुभयो ब्यक्तिगत प्रहार र गाली गलौच गरिरहनुभयो...!
भुत्रो को अर्थ ‘गुप्ताङ्गका रौ’ मात्र होईन, तुच्छ,हल्का, बेवास्ताको, फुस्सा या यत्रो.. यि सबै अर्थ भुत्रोले दिन्छ र यो निन्दार्थी शब्द हो, कसैको निन्दा, कुनै कृयाको प्रतिकृया जनाउनुपर्दाको असहमती या आफ्नो विमती ब्यक्त गर्नुपर्दा सजिलै प्रयोग हुने शब्द समेत हो भुत्रो तर गीतमा कुन भावले प्रयोग गरियो त्यो सर्जकले सबैभन्दा पहिले बुझेको हुन्छ ।
भुत्रो शब्दको प्रयोग गरेर मैले आफ्नो मायाजाल लाई ‘फुस्सा मायाजाल’ भन्न खोजेको पो होकी ? हलुको या जतिबेला पनि उड्न टुट्न सक्ने मायाजाल भनेर अर्थ्याउन खोजेको पो हो की ? कुनैपनि आलोचक ज्यु हरुले त्यो शब्दको फरक अर्थ खोज्न प्रयास गरेको कतै देखीएन । त्यो शब्दको यौटै मात्र अर्थ लाग्ने हो र? अरु अर्थ छैन र? किन फरक मानसिकता राखेर गीत सुन्ने बुझ्ने चेष्टा गर्नुहुन्न आलोचक हरुले यो प्रश्न भने निरुत्तरीत नै छ ।
गीतमा निन्दार्थी शब्दको विम्बात्मक प्रयोगलाई कुनै कानुनले रोकेको छ र ? रोकेको जस्तो मलाई आज सम्मको अध्ययनले लाग्दैन । मेरो अध्ययन कमजोर पनि हुन सक्छ।
यसर्थ फरक फरक विधामा कलाकारीता प्रस्तुत गर्ने कोशिस गर्दा या सामान्य भाषामा पप गीत सृजना गर्ने प्रयास गर्दा सृजीत गीतलाई लिएर जुन विवाद उब्जिएको छ त्यसलाई टुंगोमा पुर्याउनु या विवाद साम्य बनाउनु मेरो पनि कर्तव्य हो भन्ने मलाई लाग्दछ ।
लोकगीत या दोहोरी गीत गाउदा म कहिल्यै पनि संस्थाको आस्था विपरित गएर रेकर्ड गराएकी थिईन । प्रत्यक्ष दोहोरी तर्फ कथंकदाचित द्विअर्थी विम्बहरु प्रयोग भए होलान त्यसलाई हामीहरु सधैँ दोहोरीको सुन्दरता भनेर बुझ्ने गर्दछौँ । तर पप गीत गाउदा मैले या मेरो सृजनाले संस्थाको मर्यादा कायम राख्न नसकेको या संस्थाको भावना विपरित भएको हो भने त्यो कुराको गल्तीबोध मैले गर्नै पर्दछ।
म सँस्थामा आवद्द भएकै कारण सँस्थालाई अनावस्यक आरोप आउनु म आफु फरक विधा मार्फत कलाकारीतामा सकृय रहन असहज महसुस महसुस हुदै जानु र मेरो सृजनाको कारण सँस्था अनावस्यक विवादमा मुछीन पर्नु पनि अफ्ट्यारो परिस्थिती नै हो । सँस्था बाहिरै रहेर पनि म सम्मानित सँस्था प्रतिको जिम्मेवारी वहन गर्न सदैव तयार रहनेछु।
यस घटनाले मलाई नयाँ शिक्षा दिएको छ । तसर्थ मेरो ब्यक्तीगत कलाकारीताको कारण सम्मानित संस्थामा कुनै आँच नआओस भन्नेकुरामा म सजग छु त्यसै कारणले पनि मेरो सृजना संस्थाको भावना अनुरुप हुन नसकेको मा पुन: क्षमा याचना गर्दै आजैका मितीदेखी लागु हुने गरी मैले म आवद्द राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती सदस्य एवं महिला विभाग संयोजक को पदबाट राजिनामा गरेकी छु ।
प्रिती आले ।
गायिका
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिती सदस्य एवं महिला संयोजक ।
एता प्रिती आलेको राजिनामालाइ लिएर सस्था संग जोडिएका केहि व्यक्तिहरुको पनि फरक बिचार छ एता कलाकार तथा सर्जक एल पी ढकाल आफ्नो कमेन्टमा लेख्छन :प्रतिस्ठानसंग जोडीएका अलिकति प्रभावशाली सदस्यले गरेका कुरामा आलोचना हुने बित्तिकै पुरै प्रतिष्ठान माथि प्रहार भयो भनेर कुर्लने बानि सार्है नराम्रो हो ! जो कर्नि ओही भर्नि अर्थात् कर्म जसले गर्छ भोग्ने ऊसैले हो भन्ने सामान्य ज्ञानको अभाव सधैभरी देखे मैले ! तिमी काङ्ग्रेस हौ भतिज सबैकुराको बिश्वास त तिम्रो पनि लाऊदैन मलाई ! यो राजिनामा पत्र बनाऊनि बौद्धिक कमीटि भित्र तिमीपनि थियौकी के हो ?? भाषा त तिम्रो पनि झल्को अलि अलि काङ्ग्रेस काङ्ग्रेस गनायो"
सस्थाको अन्तिम निर्णय आउन बाँकी छ।केन्द्रले पनि उक्त बिषयलाई अझै चासोमा हेरेको रमेश बिजिले लालीगुराँस डटकमलाइ जानकारी दिनुभयो

Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209