Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

हिउले बाटो अबरुद्ध भएपछी अन्तिम सेड्युलको लागी कलाकार हेलीकॉप्टर बाट ओसार पसार

हिउले बाटो अबरुद्ध भएपछी अन्तिम सेड्युलको लागी कलाकार हेलीकॉप्टर बाट ओसार पसार

‘प्रेम गीत ३’को डेढ महिनादेखि मनाङमा छायांकन भैरहेको छ । १ सय भन्दा धेरैको संख्यामा मनाङमा रहेको प्रेम गीत टिम अबको एक हप्तामा छायांकन सकेर काठमाडौँ फर्किनेवाला छ ।अहिले चलचित्रको अन्तिम भागको छायांकन धमाधम भैरहेको छ । यद्यपी हिउँले बाटो छेकेपछि काठमाडौँदेखि हेलिकप्टरमार्फत केहि कलाकारलाई मनाङ ल्याइएको छ ।

हिउँले आवतजावतमा समस्या आएपछि हामीले चलचित्रका मुख्य कलाकार शिव श्रेष्ठ, कोरियोग्राफर कविराज गहतराज, बालकलाकार अनुभव रेग्मी , सुजल बस्नेत लगायतलाई हेलिकप्टरमार्फत मनाङमा ल्याएका हौं । साथै, सोहि हेलिकप्टरमार्फत हाम्रो चलचित्रका अग्रज कलाकार सुनिल थापा लगायत केही कलाकार को छायांकन सकेर काठमाडौँ फर्किनुभएको छ ।आगामी चैत २८ गतेदेखि नेपालभर प्रदर्शन हुने यो चलचित्रलाई सबैतर्फबाट राम्रो गराउन कुनै कमी नराख्ने सोचअनुसार विगत एक बर्षदेखि निकै मिहेनत गरेका छौं ।