Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

केपी ओलीको घरमा मन्त्रीहरु श्रीमती सहित भेट्न पुग्दा ....

केपी ओलीको घरमा मन्त्रीहरु श्रीमती सहित भेट्न पुग्दा ....

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई राम्रो काम गर्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बिहीबार साँझ मन्त्री दम्पतीलाई बालकोट बोलाएर राम्रो काम गर्न निर्देशन दिएका हुन् ।

‘राम्रोसँग काम गर्नु । राम्रो डेलिभरी दिनुपर्छ । राम्रो कुरा सुन्न पाउँ,’ एक मन्त्रीले ओलीको भनाई उदृत गर्दै भने । फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा आठ जना मन्त्री सरकारमा सहभागी छन् ।

सचिव महासेठ उपप्रधान तथा भौतिक ,पदम गिरी कानुन, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्रकुमार राई खानेपानी र हरिप्रसाद उप्रेती रक्षा मन्त्री छन् ।

ओलीले आफ्नो निवासमा बोलाएर मन्त्री दम्पतीलाई ‘हाइ-टी’ पनि दिएका थिए । मन्त्री भएपछि लोभ पलाउने भन्दै विभिन्न कुराहरूबाट जोगिएर काम गर्न मन्त्री दम्पतीलाई ओलीको निर्देशन थियो । ‘मन्त्री भएपछि मन्त्री मात्र होइन मन्त्रीको परिवार पनि गाँसिएको हुन्छ । कता के हुन्छ ? लोभ पलाउँछ । कुन्नी के हुन्छ ? त्यस्तो कुराहरूबाट जोगिएर मेरो ठुलो जिम्मेवारी छ भन्ने कुरा बुझेर काम गर्नुहोला ,’ मन्त्री दम्पतीलाई ओलीको निर्देशन थियो ।

एमालेका आठ जना मन्त्रीमध्ये कृषि मन्त्री साह मात्र एक्लै बालकोट पुगेकी थिइन् भने बाँकी सात जना मन्त्री दम्पतीसहित पुगेका थिए ।

साभार रातोपाटी