Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति कायम राख्न आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गहिरो दुःख व्यक्त गर्दै नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ।

मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको र घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षा निकाय तथा प्रशासनसँग समन्वय गरिएको उहाँले बताउनुभयो।

उहाँले अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न आग्रह गर्दै घटनाको निष्पक्ष छानबिनपछि सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभएको छ। साथै, सबै पक्षलाई धैर्य र जिम्मेवारीका साथ शान्ति कायम राख्न सहयोग गर्न अपिल गर्नुभएको छ।