Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विपिन जोशीलाई खोजी तथा रिहाइ गरिदिन इजरायलसँग परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

विपिन जोशीलाई खोजी तथा रिहाइ गरिदिन इजरायलसँग परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

फागुन ३० काठमाण्डौ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विद्रोही हमासको आक्रमणकाक्रममा अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन इजरायलसँग आग्रह गर्नुभएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरसँग हिजो भएको भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

इजरायलमा गएको असोज २० गते हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्यही दिनदेखि कञ्चनपुरका जोशी बेपत्ता हुनुहुन्छ । आक्रमण हुँदा साथमा रहेका नेपाली विद्यार्थीका अनुसार जोशीलाई हमास समूहले सँगै लगेको थियो ।

युद्धका कारण भोकमरीको अवस्थामा पुगेका गाजाबासीमाथि इजरायलले निरन्तर आक्रमण गरिरहेको छ । यसैबीच, खाद्य सामग्री बोकेको जहाज गाजामा आउन लागेको खबर सार्वजनिक भएसँगै खाद्यान्न सहायताका लागि कुरिरहेकाहरु इजरायलको आक्रमणमा परेका छन् । इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा आक्रमण गर्दा सात जनाले ज्यान गुमाएका र २० जनाभन्दा बढी घाइते भएका अलजजिराले जनाएको छ । खाना र औषधिमा इजरायली प्रतिबन्धले गाजामा भोकमरी र अनिकाल निम्त्याएको छ। भोकमरीकै कारण २५ जना प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको छ ।