फाल्गुन ३० । यता काठमाण्डौमा मेयर बालेनले डोजर चलाईरहदा उता मोहनमाया ढकालले पनि सुर्खेतको वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमो डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । व्यवसायीले जमिन खाली गर्न अटेर गरेपछि नगरप्रमुख मोहनमाया एक्सनमा उत्रिन थालेपछि बजारमा डोजर चल्न थालेको छ । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो ।
व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो । नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका छन् भने केही व्यापारीहरु प्रतिकारमा उत्रिएका छन् । सुरुमा शान्त रहेका व्यापारीहरु डोजरले संरचना भत्काउन थालेपछि एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए ।
ढुङ्गामुढापछि एकछिन भागदौड नै मच्चिएको थियो भने झडपको स्थिति नै आएको थियो । नगरप्रमुख मोहनमाया ढकालले उक्त क्षेत्रमा पार्किङ, बगैँचा लगायतका संरचना बनाइने बताउँदै आएकी छिन् । पटक–पटक आग्रह गर्दापनि अटेर गरेपछि नगर आफैँले भत्काइदिने ढकालले चेतावनी दिँदै आएकी थिइन् । नगरले डोजर चलाएको खण्डमा उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् ।
५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाई व्यवसाय गरिरहेका थिए ।
आग्रह गर्दापनि अटेर गरेपछि नगर आफैँले भत्काइदिने ढकालले चेतावनी दिँदै आएकी थिइन् । नगरले डोजर चलाएपछि उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् । ५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाई व्यवसाय गरिरहेका थिए । व्यापारीहरुले भने आर्थिक मन्दीका बिचमा विकल्पै नदिइ हटाउन खोजिएको भन्दै बिरोधमा उत्रिएका थिए । व्यापारीहरुले करिब दुई वर्षलाई थप सम्झौता गरिनुपर्ने यात कुनै अर्को विकल्प दिइनु पर्ने माग गर्दै आएका थिए ।
ठाउँ खाली गर्न भनेपछि व्यवसायीहरु धर्नामा बसेका छन्।व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघको गेटमा मंगलबार धर्ना दिएका हुन्। उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई तत्काल बिनाविकल्प हटाउन नहुने भन्दै सर्वदलीय बैठक राखेर सहमति गराउने आश्वासन दिएको थियो। वीरेन्द्रनगर वडा नम्बर ६ र ८ का सार्वजनिक जग्गामा व्यवसाय गरिरहेकाहरुलाई ठाउँ खाली गरिदिन भन्दै नगरपालिकाले गत माघमा अन्तिम पटक ३५ दिने सूचना जारी गरेको थियो। तर व्यवसायीहरुले भने आफूहरुलाई उचित विकल्प दिए मात्र ठाउँ खाली गरिदिने भन्दै अडान लिएका छन्।
उनीहरुले तत्काल सर्न अर्को ठाउँमा व्यवस्थापन वा स्वयमले व्यवस्थापन गर्न निश्चित समय दिन नगरपालिकालाई भनेका छन्। नगरपालिकाले भने विकल्प दिन नसकिने बताएको छ।सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गतका सम्पूर्ण वस्तुगत समिति व्यवसायीको पक्षमा उभिएका छन्। उनीहरुले लामो समयदेखि आर्थिक मन्दी ब्यहोरिरहेका व्यवसायीलाई उचित विकल्प नदिई हटाउनु गलत भएको बताएका छन्।