Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थीमाथि होस्टल सञ्चालकको दुर्व्यवहार ,मिलापत्रको आग्रह मानेनन् पीडितले

विद्यार्थीमाथि होस्टल सञ्चालकको दुर्व्यवहार ,मिलापत्रको आग्रह मानेनन् पीडितले

चैत २ ।

होस्टलमा बस्ने विद्यार्थी (छात्रा)लाई कुटपिट गरी निकाल्ने र किताबकापी फ्याँक्ने महिला तीन दिनदेखि प्रहरी हिरासतमा छिन् । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले अग्रिम पैसा नदिएको भन्दै बिद्यार्थीलाई गाली बेईजत गर्दै कुटपिट गरेकी थिईन । होस्टलकी सञ्चालक मधु रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओ मार्फत सार्वजनिक भएको छ ।

यो घटनालाई लिएर यतिबेला सञ्चालक मधु रेग्मीलाई कडा कारबाही गर्नुपर्छ भन्दै आवाज उठन थालेको छ । बिद्यार्थीहरुको समस्यालाई बुझन नसक्ने र मनमा लागेको हर्कत गर्ने रेग्मीलाई कडा कारबाही हुनुपर्ने माग उठेको छ । यतिबेला होस्टलमा बस्ने विद्यार्थी (छात्रा)लाई कुटपिट गरी निकाल्ने र किताबकापी फ्याँक्ने महिला तीन दिनदेखि प्रहरी हिरासतमा छिन् । विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटुवाल रेग्मीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । घटनाको भोलिपल्ट बुधबार उनी काठमाडौं भाग्न लाग्दैगर्दा पक्राउ परेकी थिइन् ।

उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको समय दिएको छ । अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मङ्गलवार राति नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालेकी थिइन् । हिरासतमा रहेकी मधुको परिवारले पीडित विद्यार्थीसँग मिलापत्र गर्न आग्रह गरिरहेका छन् । तर, विद्यार्थीहरूले मानेका छैनन् । उनीहरूले कानून बंमोजिम कारबाही हुनुपर्ने अडान राखेका छन् ।

पीडित छात्राहरूको भनाइअनुसार रेग्मी आफू काठमाडौँ जानुपर्ने भन्दै अग्रिम रूपमा होस्टलको पैसा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन्। नर्सिङकी विद्यार्थीले केही दिनपछि कलेजमै होस्टल व्यवस्थापन हुने टुंगो भएकाले होस्टल छाड्दै थिइन्। कहिले छाड्ने टुंगो नभएको भन्दै अग्रिम पैसा माग्ने क्रममा अभद्र व्यवहार गरिएको पीडित विद्यार्थीहरूलाई उद्धृत गर्दै विराटनगर नर्सिङ क्याम्पसका स्ववियु सभापति प्रशंसा पौडलले जानकारी दिइन्। केही दिनयता मात्र उक्त होस्टलमा बस्न थालेका ती छात्राहरूले होस्टललाई दिनुपर्ने फागुन महिनाको सम्पूर्ण पैसा दिइसकिथिइन् । तर, भोलिसम्ममा त्यो होस्टेल छोड्ने योजनामा रहेको भए पनि होस्टलकी सञ्चालिकाले चैत्रको पनि ३–३ हजारका दरले ‘एड्भान्स’ दिनुपर्ने बताउँदै राती होस्टेल छोड्न धम्की दिएकी छात्राहरूको आरोप छ ।

भिडियोमा होस्टल सञ्चालक रेग्मीले महिना दिनको पूरै भाडा मागेको भिडिओमा देखिन्छ। विद्यार्थीले एक, दुई दिनपछि होस्टल छाड्ने र त्यति वेलासम्मको मात्रै भाडा दिने बताएकी छन्। तर होस्टल सञ्चालक रेग्मीले महिना दिनको भाडा नदिए तत्काल निस्केर जान भन्दै कुटपिट गरेको पीडितले छलफलका क्रममा वयान दिएको स्ववियु सभापति पौडेलले जानकारी दिइन्। होस्टलको उक्त रूममा तीन छात्रा बस्दै आएका थिए। उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएस्सी र नर्सिङ प्रथम वर्षमा अध्ययन गर्न आएका छात्रा हुन्।