काठमाण्डौ चैत २ ।
रौतहटमा लुटपाट गर्ने उद्देश्यका साथ मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार भएको छ । रौतहटस्थित शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो । कटुवा पेस्तोलबाट उनको कन्चटमा गोली लागेको र अवस्था गम्भीर छ। गोली प्रहार गर्ने तीनै जना भारतीय रहेको र उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिस कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन्।साहमाथि हमला भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते रौतहटको परवाहा नगरपालिका ९ का नितेश साहको वीरगन्ज न्यूरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरी घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको पनि जनाएको छ । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । लुटेराहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।
रौतहटका एसपी महेन्द्र श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । लुटिएको रकमको परिमाण भने खुलेको छैन । एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ । यसअघि संसदमा रौतहटका सांसद किरण कुमार साहले गोली चलेकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।