काठमाण्डौं चैत ४ ।
बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ ठगेर फरार भएको जिबी राईलाई प्रक्राउ गर्ने बिषय अहिलेको सरकारको लागि निकै चुनौतीपूर्णको बिषय भएको छ । अझ भनौ गृहमन्त्री रबि लामिछानेलाई त झन सकस नै भएको छ । एकातर्फ सहकारी ठगीको बिषयमा रबि पनि जोडिएको आरोप अनि अर्को तर्फ गृहमन्त्री भएपछि जिबि राईलाई प्रक्राउ गर्ने चुनौती र जिम्मेवारी उनै माथी छ ।
उनी गृहमन्त्री हुनुभन्दा पहिले फरार रहेका जिबि राईलाई सरकारले समात्न नसकेको आरोप लगाउदै आएका थिए । लामिछानले राज्यका कारण समात्न नसकेको उत्तर दिएका थिए अब उनी सरकारमा त्यही माथी गृहमन्त्री जस्तो पदमा छन । हिजो सरकार भन्दा बाहिर रहदा सरकारलाई दोष दिईरहेका रबि अब सरकारमा सहभागि भएपछि कहिले प्रक्राउ गर्लान अथवा के प्रक्राउ गर्न सफल होलान त भन्ने बिषय सबैको चासोको बिषय भएको छ ।
पोखरामा दर्ता भएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको बताईएको छ । १ हजार ५६ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन् भने अरु फरार छन् । सहकारीको अधिकांश रकम सञ्चालक समितिले हिनामिना गरेको भेटिएको छ । सबैभन्दा धेरै ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी भएको देखिएको थियो । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन् । आज पोखरामा सो सहकारीबाट पीडितहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् । सहकारी पीडितका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनीहरुले जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको भन्दै उनलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघमा दयाशंकर स्मृति पुरस्कार दीपेन्द्र श्रेष्ठ र स्वर्गीय पत्रकार त्रिभुवन पौडेललाई अर्पण गरेर फर्किने क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई भेटेका थिए । उनीहरूले जीवी राईसहितले बचतकर्ताको रकम हिनामिना पारेर फरार रहेको र यसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै गम्भीर छानबिन गर्न समेत माग गरेका थिए ।
यता सूर्यदर्शन सहकारीले गरेको ठगी प्रकरणको अनुसन्धान सकेर सीआईबीको टोली गत आइतबार काठमाडौं फर्केको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। १४ जना भने अझै फरार छन्। पक्राउ परेका पाँचै जना भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
पोखरामा दर्ता भएको सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको बताईएको छ । १ हजार ५६ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । यो सहकारीका भएको ठगी प्रकरणका मुख्य योजनाकार मानिएका जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।