Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित

गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित

काठमान्डौँ

लोक दोहोरी गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा सजिएको नयाँ गीत ‘पिपलुको छायाँ’ सार्वजनिक भएको छ ।

बाध्यताले मायालुको साथमा नहुदाँको वेदनालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालु प्रेमीको अगाँलोमा आफु सजिनको लागी निकै आतुर भएको तर बाध्यता बस पराईको सिउदो बाट रंगिनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।

गीतमा प्रेम कुमार को लय तथा शब्द सिर्जना रहेको छ । मायालुले विश्वास घात गर्दा मनमा गहिरो चोट परेको गायकले बताएका छन । दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘पिपलुको छायाँ’गीतको भिडियोमा प्रेम र मिनाको अभिनय रहेको छ ।

‘पिपलुको छायाँ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/p8XYR5BJifo