Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

समय सान्दर्भिक फेसबुक मुक्तक

समय सान्दर्भिक फेसबुक मुक्तक

कस्तो अच्चमको चिज रैछ यो फेसबुक

सबैलाइ हात हात मा मोबाइल किन्ने बनायो

सात समुन्द्र पारीको त्यो अपरिचित मान्छे आज बेस्ट फ्रेन्ड भयो

तर छेउमै भएका बाउआमा नचिन्ने बनायो

पल्लो घरकि दिलमाया ले छोरि जन्माइन कि छोरा

यसै बाट थाहा हुन्छ

बाटाघरे रामे काकाले 5 तले घर किनेर

my dream house भनेर पोस्ट गर्दा डाहा हुन्छ

कता गयो,,के गर्यो सबै जानकारी पाइन्छ

जसले जता बोलाए पनि भेट्नलाई धाईन्छ

आजभोली का हामी लाई खाना नभए बाचिएला

तर फेसबुक अनिवार्य चाइन्छ

खल्ती रित्तो भएपनि रिचाज कार्ड लाइ पैसा जुटाउने

२४ घण्टा को दिनमा२२ घण्टा फेसबुक लाइ छुटाउने

कतिका घरबार भयो त् कति फसे मायाप्रेममा

तर पनि यही फेसबूक हो राम्रो सम्बन्ध टुटाउने